Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

बढ्यो संक्रमित : देशभर १२ सय २१ जनामा आज कोरोना संक्रमण पुष्टी


1.3K
Shares

बढ्यो संक्रमित : देशभर १२ सय २१ जनामा आज कोरोना संक्रमण पुष्टी

काठमाण्डौं १४, भदौं ।  मुलुकभर थप १२ सय २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित जानकारीका क्रममा २४ घन्टामा १ हजार २ सय २१ सङ्क्रमित फेला परेको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उत्यकामा ४ सय २९ जनामा सङ्क्रमण भएको जानकारी दिनुभयो ।

काठमाडौं जिल्लामा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससंगै सङ्क्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । २४ घन्टामा १२ हजार ७ सय १७ पीसीआर परीक्षण गरिएको छ ।

उहाँका अनुसार आजसम्म भने ६ लाख ८२ हजार ३ सय ४३ परीक्षण भएको छ । २४ घन्टामा २६७ जना निको भएर घर फर्किएका छन् । निको हुनेको कुल संख्या भने २० हजार ८ सय २२ छन् । २४ घन्टाको अवधिमा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology