Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा जारी निषेधाज्ञा हट्यो, भोलिदेखि तोकिएका बाहेकका पेशा व्यवसाय र नीजि सवारी साधन चल्ने


2K
Shares

गोरखामा जारी निषेधाज्ञा हट्यो, भोलिदेखि तोकिएका बाहेकका पेशा व्यवसाय र नीजि सवारी साधन चल्ने

गोरखा १४, भदौं । गोरखा जिल्लामा भदौं १ गतेदेखि जारी निषेधाज्ञा हटाउने निर्णय भएको छ । आइतबार बसेको कोरोना भाइरस (कोभिड १९) को रोकथाम नियन्त्रण र न्युनिकरणका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले जारी निधेषाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । बैठक जिल्ला भित्र आन्तरिक रुपमा व्यक्तिगत प्रयोजनका लागि नीजि सवारी साधान सञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिनुभयो ।

‘जिल्ला भित्रै नीजि सवारी साधन आफ्नै प्रयोजनका लागि चल्न पाउनेछन्, उहाँले भन्नुभयो, तर त्यस्ता सवारी साधनमा चालक सहित ३ जना भन्दा बढी चढ्न पाइने छैन ।’ बैठकले जिल्ला होटल, व्युटी पार्लर, शैलुन, जिमखाना बाहेकका पेशा व्यवसाय स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरि सञ्चालन गर्न दिने निर्णय समेत गरेको उहाँले बताउनभुयो ।

‘निषेध गरिएका बाहेकका पेशा व्यवसाय सञ्चालन गर्दा पनि कोरोना संक्रमणको जोखिमबाट सुरक्षित रहने गरि स्वास्थ्य सुरक्षा तथा समाजिक दुरी कायम गर्ने गरि मात्र सञ्चालन गर्न दिइने निर्णय भएको छ ।’ उहाँले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी भट्टराईले जिल्लामा कोरोना संक्रमणको अबस्थालाई हेरेर यस्तो निर्णय गरिएको बताउनुभयो । ‘अहिलेसम्मको अबस्था हेर्दा गोरखामा जिल्ला भित्र संक्रमणको अबस्था उच्च देखिदैन, उहाँले भन्नुभयो, पिसिआर परिक्षणको दरलाई बढाउदै लैजाने र पेशा व्यवसायलाई पनि सुरक्षित पूर्ण ढंगबाट सञ्चालन गर्न दिने तयारी भएको हो । ’

प्रमुख जिल्ला अधिकारी भट्टराई जिल्ला भित्र सार्वजनिक यातायात तत्काल सञ्चालन गर्न दिने अबस्था नरहेको बताउनुभयो । ‘जिल्ला भित्रका सार्वजनिक यातायात सञ्चालन गर्नका लागि व्यवसायीहरुसंग पनि छलफलको तयारी भइरहेको छ, उहाँले भन्नुभयो, अहिले पर्ख र हेरको अबस्था रहेकाले व्यवसायीहरुसंग छलफल गरेर सुरक्षित ढंगले कसरी सञ्चालन गर्न सकिन्छ त्यसको कार्ययोजना तयार पारेर मात्र निर्णय गर्छौ । ’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology