Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

रानीपौवामा ठुलो मात्रामा लागु औषध सहित एक युवा पक्राउ


3.7K
Shares

रानीपौवामा ठुलो मात्रामा लागु औषध सहित एक युवा पक्राउ

पोखरा ११,भदौ । पोखराको रानीपौवा क्षेत्रबाट ठुलो मात्रामा लागु औषध सहित १ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका ११ रानीपौवाको तुलसीमार्गबाट लागु औषध सहित विशाल धमाललाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने युवा स्थानिय भएको प्रहरीले जनाएको छ । पक्राउ परेका युवा संग गाँजा, चरेस र प्रतिबन्धित ट्याब्लेट बराम भएको छ । घमालले आफू सुत्ने कोठामा लागूऔषध लुकाई छिपाई राखेको र यसको कारोबार समेत गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले बिहिबार खनतलासी गर्दा

ट्रामाडल हाइड्रोक्लोराइड नामक ३०० क्याप्सुल, चरेश ३०० ग्राम र सुकेको गाँजा ३ किलो ४०० ग्राम सहित वडा प्रहरी कार्यालय राम बजारको प्रहरी टोलीले नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ । प्रहरीले घमालका बिषयमा थप अनुसन्धान गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology