Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

कोरोना संक्रमणबाट पोखरामा ३२ बर्षिया महिलाको मृत्यु


1.6K
Shares

कोरोना संक्रमणबाट पोखरामा ३२ बर्षिया महिलाको मृत्यु

कास्की ११, भदौं । पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।  पोखरा महानगरपालिका–११ की ३२ वर्षिया संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

उहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाृे आइसोलेसन कक्षमा उपचाररत हुनुहुन्थ्यो ।

भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि भर्ना हुनुभएकी उहाँको आज बिहान ८ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिनुभयो ।

मृतक महिलामा कुनै दिर्घ रोग नरहेको पाइएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology