Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

विदेशमा रहेका नेपालीको उद्दार उडान आजबाट फेरि सुरु (उद्धारको तालिका यस्तो छ)


5K
Shares

विदेशमा रहेका नेपालीको उद्दार उडान आजबाट फेरि सुरु (उद्धारको तालिका यस्तो छ)

काठमाण्डौ ९, भदौं ।  वैदेशिक रोजगारीका क्रममा रहेका र अलपत्र परेका नेपालीहरुलाई उद्दार गर्ने काम आजबाट फेरि सुरु हुने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको सीससीएमसीको निर्देशनपछि बन्द भएको उद्दार उडान आजबाट सुरु हुने भएको छ । पर्यटन तथा नागरिक उडयन मन्त्रालयका अनुसार आजदेखि दैनिक पाँच सय नेपालीलाई स्वदेश फिर्ती वा उद्दार गरिने तालिका बनाइएको छ । नयाँ तालिका अनुसार आज साउदी अरेबियाबाट एयर अरेबियाले उडान गर्नेछ ।

भोलि आबुधाबीबाट फ्लाई दुबईले उडान गर्ने भएको छ । पर्सी ११ गते नेपाल एयरलाइन्सले रियादबाट, हिमालयन एयरलाइन्सले दम्मामबाट र टर्किस एयरले इस्तानबुलबाट उद्दार उडान गर्नेछन । १६ गतेसम्म कुन देशबाट कति यात्रु ल्याउने भन्ने तालिका बनाइएको छ । टर्किस र कतार एयरलाइन्सले एक पटकमा एक सय जनाभन्दा बढी यात्रु ल्याउन नपाउने भएका छन । अब नेपाल आउने यात्रुले अनिवार्य रूपमा पीसीआर परीक्षण गरेको र त्यसको रिपोर्ट नेगेटिभ आएकै हुनुपर्ने छ । उडान हुने समयभन्दा ७२ घण्टाअघि आएको रिपोर्टमात्र मान्य हुने व्यवस्था छ ।

नेपाल आइसकेपछि सबै यात्रु अनिवार्य ७ दिन होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ । पीसीआर परीक्षण सहज भएका मुलुक मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, क्यानडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ तथा कर्मचारी, संयुक्त राष्ट्रसङ्घ, विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान खोलिने पनि जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology