गोरखा ८, भदौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गोरखा जिल्लामा दोस्रो चरणको निषेधाज्ञा आजदेखि सुरु भएको छ । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण तथा ब्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टले आजदेखि लागुहुने गरी थप ७ दिनका लागि निषेधाज्ञा जारी गरेको हो । कमाण्ड पोष्टको यो निर्णय संगै गएराती १२ बजेदेखि भाद्र १४ गते राती १२ बजेसम्मलाई जिल्ला भर निषेधाज्ञा लागु भएको हो ।
दोस्रो चरणको निषेधाज्ञामा पनि पहिलो चरणको जस्तै अत्यावश्यकिय प्रयोजनमा प्रयोग भएका बाहेक सार्वजानिक र निजी सवै प्रकारको सवारी सञ्चालनमा रोक लगाईएको छ । त्यस्तै गरी कमाण्ड पोष्टको उत्त निर्णय संगै सरकारी कार्यालय, स्थानिय तह, सार्वजानिक संस्थान, सामाजिक सेवाका संघ संस्थाहरु, बैंक तथा बित्तिय संस्था लगायतले अत्यावश्यकिय सेवा बाहेकका सेवाहरु पूर्ण रुपमा बन्द गनुपर्ने छ भने खाद्यान्न, औषधी र पेट्रोलिय पदार्थ बाहेकका सबै पसलहरु बन्द रहनेछन् ।
यसै बिच जिल्लामा निषेधाज्ञाका बेला सवारी सवारी सञ्चालन भएको पाइएपछि चेक जाँचमा कडाई गरिएको छ । त्यस्तै अत्याबश्यक बाहेक पसलहरु सञ्चालन गर्नेलाई पनि प्रहरीले पक्राउ गरि कारवाही गर्न सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।