Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आज ऋषि पञ्चमी मनाइँदै


1.3K
Shares

आज ऋषि पञ्चमी मनाइँदै

काठमाण्डौ ७, भदौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आइतबार (आज) मनाइँदैछ । हिन्दुधर्माबलम्बी महिलाहरुले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरेर ऋषि पञ्चमी मनाउँदैछन् ।

हरितालिका (तीज) को व्रत एवं पूजा आराधना भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउने प्रचलन रहेको छ ।आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।

ऋषिपञ्चमीका दिन काठमाडौँको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आराधनाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण मन्दिरमा गएर पूजा गर्न रोक लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology