काठमाण्डौं ६, भदौं । नेपालमा चट्याङ लागेर मात्रचार महिनाको अवधिमा ५० जनाभन्दा बढीको मृत्यु भएको छ । वैशाख यता शुक्रबारसम्ममा चट्याङ लागेर ५२ जनाको मृत्यु भएको र एक सय ६५ जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार वैशाख १गतेदेखि भदौ ४ गते साँझसम्मको तथ्याङ्क अनुसार दुई सय १७जना चट्याङबाट प्रभावित भएका छन् ।गत जेठ ३० गतेदेखि नेपालमा मनसुन सुरु भएको हो ।
मनसुन सुरु नहुँदै चट्याङबाट ३० जनाको मृत्यसु भइसकेको थियो भने मनसुन सुरु भएयता २२ जनाको मृत्यु भएको छ । वैशाख यता पहिरोबाट मात्र मृत्यु हुनेको संख्या दुई सय २३ पुगेको छ । यस्तै पहिरोमा परि १ सय ८५ जना घाइते भएका छन् ।
यसै अवधिमा बाढीका कारण १४ जनाको मृत्यु भएको पनि प्राधिकरणले जनाएको छ ।