प्यूठान ५,भदौ । प्युठानमा अरिङ्गालले चिलेर एक बालकको मृत्यु भएको छ । घरनजिकको सिमलको रुखमा रहेको अरिङ्गालले चिलेर झिमरुक गाउँपालिका वडा नम्बर ६ दहखोलाका १० वर्षीय अरबिन गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
बिहीबार बिहान अरिङ्गालले चिलेर घाइते भएका गिरीलाई उपचारका लागि प्यूठान अस्पताल पुर्याइएका उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डीएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।