Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

हावाहुरीले प्रशारण लाईनमा क्षति पुर्याएपछि गोरखाका अधिकांस क्षेत्रमा बिद्युत अबरुद्ध


2.7K
Shares

हावाहुरीले प्रशारण लाईनमा क्षति पुर्याएपछि गोरखाका अधिकांस क्षेत्रमा बिद्युत अबरुद्ध

गोरखा ४ भदौं । गोरखा नगरपालिका– ११ स्थित बाह्रकिलो बजार नजिकै रुख ढलेर बिद्युत प्रशारण लाईनको चुडिदा गोरखा जिल्लाका अधिकासं क्षेत्रका बिद्युत अबरुद्ध भएको छ । ३३ केभी प्रशारण लाइनमा आज अपरान्ह्र आएको ठूलो हावाहुरीले रुख ढल्ला पोलको तार चुडिएर बिद्युत अबरुद्ध भएको नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्र प्रमुख माधव न्यौपानले जानकारी दिनुभयो ।

‘सालको रुख ढलेर करिब ४ वटा कोल्ट्याइ दिएको छ, उहाँले भन्नुभयो, तारहरु पनि छिनाई दिएको छ, प्राबिधिकको टोली मर्मतका लागि क्षतिपुगेको स्थलमा पुगिसकेको छ ।’ ३३ केभि प्रशारणलाईनमा क्षति पुगेपछि अहिले गोरखा सवस्टेशनबाट बितरण हुने गोरखा बजार, गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका, शहिद लखन गाउँपालिका, सिरानचोक गाउँपालिकाको गाँखु, पालुङटार नगरपालिकाको मिरकोट लगायतका क्षेत्रमा बिद्युत सेवा अबरुद्ध भएको शाखा प्रमुख न्यौपानले जानकारी दिनुभयो ।

मर्मतका काम तत्कालै सुरु भईसकेकाले राती अबेरसम्म बिद्युत सुचारु गरिसक्ने उहाँले बताउनुभयो । ‘ पानी परेन र काम गर्न सक्ने अबस्था रह्यो भने राती अबेरसम्म भएपनि बिद्युत सूचार हुन्छ ।’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology