Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

हनुमान मन्दिरका पुजारीको गोली हानी हत्या


1.9K
Shares

हनुमान मन्दिरका पुजारीको गोली हानी हत्या

रौटहट ४, भदौं । रौतहटमा बुधबार साझँ पुजारीको गोली हानी हत्या गरिएको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियामा रहेको हनुमान मन्दिरका पुजारी ६५ बर्षका श्रीराम साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।

हिजो साँझ ९ बजे पुजारी साह मन्दिर अगाडि खाना खाने तयारी गरिरहेको अवस्थामा अज्ञात समूहका व्यक्तिहरुले कन्चटमा गोली हानेका थिए । गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी भरत श्रेष्ठले पुजारी साहले जानकारी दिनुभयो ।

हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । माधवनारायण २ खेसरहियाको चारै नाका र भारतीय सिमानामा समेत सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको कारण हालसम्म खुल्न नसकेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology