Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पछिल्लो २४ घण्टामा नेपाल कति थपिए कोरोना संक्रमित (यो हेर्नुहोस)


1.5K
Shares

पछिल्लो २४ घण्टामा नेपाल कति थपिए कोरोना संक्रमित (यो हेर्नुहोस)

काठमाण्डौ ३, भदौ । नेपालमा पछिल्लो २४ घन्टामा थप ६ सय ८१ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालका विभिन्न ३९ प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ६ सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले योसँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या २८ हजार ९ सय ३८ पुगेको बताउनुभयो ।

यस्तै उहाँले पछिल्लो २४ घन्टामा १ सय २० जना कोरोना सङ्क्रमति निको भएको र नेपालमा हालसम्म कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या १७ हजार ७ सय पुगेको पनि जानकारी दिनुभयो । यसैगरी नेपालमा हाल १३ हजार ७ सय ७५ जना क्वारेन्टाइनमा रहेको र पछिल्लो २४ घन्टामा ११ हजार ५ सय २२ पिसिआर परीक्षण गरिएको छ ।यसैबीच, मुलुकभर कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा मुलुकका ६ जिल्लामा ६ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो । मृत्यु हुनेमा काठमाडौं र बर्दियाका १–१ पुरुष तथा मोरङ, भक्तपुर, चितवन र सुनसरीका १–१ जना महिला गरी ६ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology