Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

धुलिखेल अस्पतालमा एक सङ्क्रमितको मृत्यु


1.8K
Shares

धुलिखेल अस्पतालमा एक सङ्क्रमितको मृत्यु

काभ्रे ३ भदौ । काभ्रेको धुलिखेल अस्पतालमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मंगलवार बिहान धुलिखेल नगरपालिका वडा न ६ का ९८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि साउन २६ गते धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो ।उनलाईस्वासप्रश्वास, छाती तथा घाँटीको समस्या रहेको थियो । वृद्धावस्था रहेकाले रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेपछि अस्पतालले प्लाज्मा थेरापीबाट उपचार गर्न पर्ने डाक्टरको सुझाव थियो ।

तर समय मै ‘ए’ प्लस पोजिटिभ रगत नपाएको परिवारले जनाएको छ । यसअघि पाँचखाल नगरपालिका वडा नं। १ घर भएका ५० वर्षीया महिलाको कोरोनाकै कारण साउन २६ गते किस्ट अस्पताल काठमाडौँमा मृत्यु भएको थियो ।यसैबिच, धुलिखेल अस्पतालमा कोरोनाका कारण मृत्यु भएका ९८ वर्षीय ज्येष्ठ नागरिकको परिवारका थप सात जनामा कोरोना पुष्टि भएको छ ।

यससँगै मृतक परिवारको दश जनामा कोरोना पुष्टि भएको छ । मृतक परिवारको स्वाब सङ्कलन गरी परीक्षण गरिएकोमा साउन ३१ गते छोरा, बुहारीमा कोरोना पोजिटिभ देखिएको थियो । बाँकी थप सात जनाको हिजो पोजिटिभ अर्थात् कोरोना भएको रिपोर्ट आएको स्वास्थ्य कार्यालयले जनाएको छ । मृतकको सम्पर्कमा रहेका उनका छोरा, बुहारीलगायत नौ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य अधिकृत डा। नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार मात्र १४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

जसमा धुलिखेल अस्पतालमा कार्यरत ६ कर्मचारी र बनेपा १३ भैँसेपाटी घर भई स्पाईनल इन्जुरीमा कार्यरत एक कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । जिल्लामा सङ्क्रमितको संख्या ९४ जना पुगेको छ । जसमा दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology