काठमाण्डौं २, भदौं । गृहमन्त्री रामबहादुर थापा (बादल) स्कर्टिङमा गएको गाडीको ठक्करबाट २ जना घाइते मंगलबार भएका छन् । प्रहरीका अनुसार स्कटिङमा लागि गएको नेपाल प्रहरीको गाडीले बा ९४प १०२५ स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार लीला थापा र सुजा थापा घाइते भएका हुन् ।
घाइतेको दुवैको वीर अस्पतालको ट्रमा सेन्टर उपचार भइरहेको छ । दुवैको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको बा १ झ ५५९४ नम्बरको जिपले स्कुटर ठक्कर दिएको हो । ।