प्युठान १, भदौं । प्युठानमा आफैले छोरीको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । आफ्नी २५ महिनाकी छोरीको हत्याको आरोपमा प्रहरीले अनुसन्धानका लागि सरूमारानी गाउँपालिका १ डाँडागाउँ टोल बस्ने ३४ वर्षीया माया अधिकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
पक्राउ परेकी महिलाले २५ महिनाकी छोरी आयुषा अधिकारीको हत्या गरेको आंशक गरिएको छ । पक्राउ परेकी अधिकारीलाई अदालतबाट म्याद थपगरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।