Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोंगबु बिभत्स हत्याकाण्ड : कल्पनाले ६० लाख चलाएको प्रहरी आशंका


2.2K
Shares

गोंगबु बिभत्स हत्याकाण्ड : कल्पनाले ६० लाख चलाएको प्रहरी आशंका

काठमाडौं ३२, साउन । गोंगबु हत्याकाण्डमा संलग्न कल्पना मुडभरीले हत्या गरिएका कृष्णबहादुर बोहोराको आर्थिक कारोबार भएको नभएको बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । कृष्णबहादुरका परिवारले कल्पनाले पैसा प्रयोग गरेको आशंका गरेपछि प्रहरीले आर्थिक पाटोमा अनुसन्धान सुरु थालेको हो ।
अनुसन्धानमा संग्लन एक प्रहरी अधिकारीका अनुसार कल्पना मुडभरी पौडेलले कृष्णबहादुरको ६० लाख बढी रकम प्रयोग गरेको अनौपचारिक जानकारी आएको छ ।

ती प्रहरी अधिकारीले भने,“त्यो पैसा कल्पनाले साचिक्कै लिएको हो वा होइन । लिएको भए फिर्ता गर्‍यो कि गरेन हामी हेर्दैछौँ । तर कुनै न कुनै रुपमा आर्थिक कारोबार भने भएको हाम्रो ठहर छ ।” कल्पनाले ठूलो आर्थिक रकम चलाएको र त्यो रकम मागेपछि विवाद भएको हुनसक्ने समेत कतिपयको आशंका छ ।
यसबाहेक प्रहरीले उनीहरुबीचको प्राविधिक पाटोकोसमेत अनुसन्धान थालेको छ ।

जसमा उनीहरुबीचमा भएका फोन म्यासेज लगायतको अनुसन्धान हुनेछ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवाली र अपराध महाशाखाका एसएसपी दिपक थापा घटनाको अनुसन्धान जारी रहेको बताएका छन् । आइतबार गोंगबुमा कृष्णबहादुर बोहोराको टाउको र शरीरको भाग छुट्टाछुट्टै अवस्थामा प्याकिङ गरिएको अवस्थामा फेला परेको थियो ।

हत्यामा संलग्न आरोपमा प्रहरीले चितवन कालिका नगरपालिका–७ घर भइ हाल टोखा नगरपालिका १० नवज्योति मार्ग बस्ने ३७ वर्षीय कल्पना मुडभरी पौडेल र उनकी १५ वर्षीया छोरीलाई सार्वजनिक गरिसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology