गोरखा ३१, साउन । गोरखा क्याम्पसको आइसोलेसनमा उपचाररत थप ३ जना कोरोना संक्रमित शुक्रबार निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट मुक्त भएर घर फर्कनेहरुमा जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर ६ का ३५ बर्षिय पुरुष, वडा न्मब ८ का २४ बर्षिय पुरुष र वडा नम्बर ९ की ३९ बर्षिय महिला रहेको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।
पछिल्लो पटक गरिएको पिसिआर परीक्षणका क्रममा उनिहरुको रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा रहने गरि सवैलाई आइसोलेसनबाट डिस्चार्ज गरिएको उहाँले जानकारी दिनुभयो । गोरखा जिल्लामा अब ३ जना मात्र कोरोना संक्रमित बिरामी उपचारका क्रममा रहेका छन् ।