Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका यातायात मजदुरहरुको कोरोना परीक्षण गर्न माग


2.9K
Shares

गोरखाका यातायात मजदुरहरुको कोरोना परीक्षण गर्न माग

गोरखा २९, साउन ।  यातायात क्षेत्रमा काम गर्ने चालक, सहचालक र मजदुरहरुको पिसिआर जाँच गर्न माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नगर कमिटि गोरखाले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । नगर किमिटीका सचिव शिब पोखरलेले प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई बुझाउनु भएको ज्ञापन पत्रमा यातायात क्षेत्रका मजदुरहरु कोरोना संक्रमणको उच्च जोखिममा परेको भन्दै तत्काल पिसिआर परीक्षणको व्यवस्था मिलाउन माग गरिएको छ ।

ज्ञापन पत्रमा गोरखा जिल्लामा बिभिन्न ठाउँमा कोरोना संक्रमण फैलदै गएको गुनासो समुदाय स्तरबाट आउन थालेकाले यातायात क्षेत्रका मजदुरहरु पनि बिभिन्न ठाउँमा पुग्नुपर्ने तथा सर्वसाधारणसंग भेटघाट गर्नुपर्ने बाध्यता रहेको भन्दै उनिहरुको कोरोना परीक्षणका लागि प्रसासन ध्यानदिनुपर्नेमा जोड दिइएको छ । ‘जिल्ला भित्र सार्वजनि यातायात सञ्चालन भएसंगै सवारी चलाउदा सर्वसाधारणसंग यातायात मजदुरको भेटघाट बढी हुने, घुलमिल हुने उनिहरुमास संक्रमणको उच्च जोखिम हुने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै सार्वजनिक सवारी साधानको प्रयोग गर्ने यात्रुले समेते अनिवार्य मास्क प्रयोग नगर्ने, यातायात मजदुरले सामान्य समयमा जस्तो सवारी साधनमा खचाखच यात्रु बोक्ने गरेको भन्दै त्यसको उचित व्यवस्थापनका लागि पहल गर्न संगठनले माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology