धादिङ २८, साउन । कारोनाको जोखिमबाट नागरिकलाई सुरक्षित राख्न धादिङ जिल्लामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएको छ । बुधबार राति १२ बजेदेखि लागु हुने गरि जिल्लाभित्र अत्यावश्यक बाहेकका सबै सेवा भदौं ३ गते राति १२ बजे सात दिनसम्मको लागि बन्द हुने धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आज बसेको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले जिल्लाभित्रका सबै होटल, बैङ्क तथा वित्तिय संस्थाहरु र शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । यस्तै अत्यावश्यक बाहेकका सबै यातायात पनि बन्द गर्ने निर्णय गरेको तामाङले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी तामाङकाअनुसार कालुपाण्डे मार्गको फुर्केखोलादेखि धादिङबेंसी आसपास र निलकण्ठ नगरपालिकाको दुइ, तीन, चार, सात, आठ, १२ र १४ नम्बर वडामा पूर्ण रुपमा शिल गर्ने भएको छ ।
पछिल्लो दिनमा धादिङका होटल ब्यबसायी , सुरक्षाकर्मी, रेडक्रसका कर्मचारी लगाएतमा कोरोना सङ्क्रमण भेटिनुका साथै एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएपछि समुदायमै कोरोना फैलिएको आसङ्का गरिएको छ ।