Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

कान्तिपुरमा आबद्ध पत्रकार बलराम बानियाँको लास फेला


1.5K
Shares

कान्तिपुरमा आबद्ध पत्रकार बलराम बानियाँको लास फेला

काठमाण्डौ २८, साउन । कान्तिपुर दैनिकमा आबद्ध पत्रकार बलराम बानियाँको शव फेला परेको छ । जुत्ता खोलाको किनारमा छाडेर सोमबार काठमाडौंको बल्खु खोलामा हाम्फालेका पत्रकार बलराम बानियाँको शव हेटौंडामा फेला परेको प्रहरीले जनाएको छ । २० बर्ष भन्दा बढी लामो समयदेखि कान्तिपुर दैनिकसँग सम्बद्ध पत्रकार बानियाँ तनहुँका बासिन्दा हुन् ।

गएको असार १० गते कान्तिपुरको पहिलो पृष्ठमा चीनले नेपालको भूभाग ओगटेको समाचार उहाँको बाइलाइनमा प्रकाशित भएपछि सम्पादकीय समूहले सार्वजनिक क्षमायाचना गरेको थियो । सोही घटनापछि पत्रकार बानियाँ कान्तिपुरमा कम भूमिकामा रहँदै रहदै आउनु भएको थियो ।

मदिरा सेवन गरेको अवस्थामा खोलामा हाम्फालेका उहाँलाई बचाउनका निम्ति प्रत्यक्षदर्शीले डोरी र बाँससमेत दिएको भएको पनि उनलाई निकाल्न सकेको थिएन । लगत्तै डुवेर बेपत्ता भएका बानियाँको शव फेला परेको हो । प्रहरीको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार विहान हेटौंडाको खोलामा भेटिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology