Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

माछा मार्न आफैले थापेको पासोमा अल्झिएर युवकको मृत्यु


1.4K
Shares

माछा मार्न आफैले थापेको पासोमा अल्झिएर युवकको मृत्यु

कैलाली २७, साउन । माछा मार्ने क्रममा कैलालीमा एक जनाको मृत्यु भएको छ । माछा मार्न थापेको पासोमा अल्झिएर भजनी नगरपालिका वडा नम्बर ७ का ३६ वर्षका अशोक पासीको मृत्यू भएको ईलाका प्रहरी कार्यालय भजनीले जानकारी दिएको छ ।

आफैले थापेको पासोमा माछा प¥यो की परेर भनेर हेर्न जाँदा त्यसैमा अल्झीएर पासीको मृत्यु भएको वडाध्यक्ष अमर कठरीयाले जानकारी दिनुभयो । पासीको शव मंगलबार (आज) बिहान गणेशमान आधारभूत विद्यालय नजिकै डुवेको अवस्थामा फेला परेको थियो ।

शव अहिले पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको वडाध्यक्ष कठरीयाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology