Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

रुकुमको चौरजहारी घटनाका पिडित परिवारलाई सरकारले १०/१० लाख सहयोग गर्ने


1.9K
Shares

रुकुमको चौरजहारी घटनाका पिडित परिवारलाई सरकारले १०/१० लाख सहयोग गर्ने

काठमाण्डौ २७, साउन । पश्चिम रुकुम चौरजहारी घटनामा हत्या भएका परिवारलाई सरकारले १०÷१० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । मंगलबार मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थमन्त्रीसमेत रहेका सञ्चारमन्त्री डाक्टर युवराज खतिवडाले मृतकका परिवारलाई आर्थिक सहायता र घाइतेहरुको उपचार गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ व्र्षका नवराज विक, सन्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, चौरजहारीका टीकाराम सुनार, भेरी नगरपालिका वडानम्बर ११ का गोविन्द शाहीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology