Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोंगबु बिबत्स हत्या काण्ड : हत्याको मुख्य योजनाकार पक्राउ, हत्या कसरी भयो (यो हेर्नुहोस)


7K
Shares

गोंगबु बिबत्स हत्या काण्ड : हत्याको मुख्य योजनाकार पक्राउ, हत्या कसरी भयो (यो हेर्नुहोस)

काठमाण्डौं २७, साउन । काठमाण्डौको गोंगबुमा दाङका कृष्णबहादर बोहोरको बिबत्स हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी नै हत्याको मुख्या योजनाकार भएको प्रहरीले निस्र्कष निकालेको छ । हत्याका मुख्य योजनकार मुडभरीले बोहोरालाई बियर खुवाएर नसा चढ्दै गएपछि दहीमा औषधि घोलेर खुवाएको स्वीकारे गरेको प्रहरी जनाएको छ । पहिलेदेखि सम्बन्ध रहे पनि बोहराले कल्पनाको नांगो फोटो फेसबुकमा राखेपछि आक्रोसमा आएर बोहराको योजना नै बनाएर हत्या गरेको स्विकार गरेकी छिन् ।

शनिबार राति कल्पनाको कोठामा पुगेका कृष्णबहादुर कल्पनासँगै बसेर रक्सी खाएका थिए । शनिबार राती समेत कृष्णबहादुर महिलाकै घरमा बस्ने गरी गएको पनि अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार ‘दही खाएपछि कृष्णबहादुर बेहोस भए ।

त्यसपछि हथौडाले कृष्णबहादुरको संवेदनशील अंगमा प्रहार गरी उनलाई मारेको खुलेको छ ।’ हत्या गर्दा कल्पनाका १५ वर्षीया छोरी र १३ वर्षका छोरा साथमै थिए । हथौडा प्रहारबाट हत्या गरेपछि शव लुकाउन कल्पनाले टाउको र खुट्टा काटेर प्लास्टिकको झोलामा राखिन् ।’ बोहोराको शव फ्याकेपछि कल्पना एम्बुलेन्स चढेर चितवन माईत पुगेको प्रहरीले जनाएको छ ।

महिला बस्ने कोठाबाट प्रहरीले मृतकका गञ्जी र भित्री वस्त्र पनि बरामद भएको प्रहरीले दावी गरेको छ । ‘आफूले हत्यामा प्रयोग गरेको खुकुरी पनि महिलाले प्रहरीलाई देखाएकी छिन् । प्रहरीका अनुसार महिलाले हत्या गर्दा हातमा पञ्जा लगाएकी थिइन् । ’ प्रहरी स्रोतले भन्यो ।

टोखा नगरपालिका–१०, नवज्योती मार्गमा आइतबार बिहानै बोहोराको टाउको र शरिर टुक्रा पारिएको अबस्थामा छुट्टाछुट्टै झोलामा फेला परेको थियो । घटना लगत्तै प्रहरीले अनुसन्धान तिव्र रुपमा अगाडी बढाउने क्रममा हत्यामा संलग्न महिलालाई चितवनबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology