Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

लक्ष्मी बजारमा दोस्रो चरणको कन्ट्रयाक्ट ट्रेसिङ गरिएका ८६ जनाको कोरोनो रिर्पोट नेगेटिभ


3.2K
Shares

लक्ष्मी बजारमा दोस्रो चरणको कन्ट्रयाक्ट ट्रेसिङ गरिएका ८६ जनाको कोरोनो रिर्पोट नेगेटिभ

गोरखा २७, साउन । कन्ट्रयाक्ट ट्रेसिङका क्रममा कोरोना संक्रमणको पुष्टी भएका गोरखा नगरपालिका –९ लक्ष्मी बजारीका ३ जनाको सम्र्पकमा रहेका ८६ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ ।

लक्ष्मी बजारकी २४ बर्षिया महिलोको सम्र्पका आएका उनिहरुमा कोरोना पुष्टी भएको उनिहरुको सम्र्पकमा आएका व्यक्तिहरुको पिसिआर परीक्षणका क्रममा कोरोना गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिनुभयो ।

लक्ष्मी बजार क्षेत्रमा दोस्रो चरणको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा ९८ जनाको स्वांब संकलन गरिएको थियो । स्वाब संकलन गरिएका मध्ये १२ जनाको अझै रिर्पोट आउन बाँकी रहेको उहाँको भनाई छ ।

गत शुक्रबार स्वाब संकलन गरिएका मध्ये ८६ जनाको मात्र रिर्पोट प्राप्त भएको हो । त्यहाँका संक्रमित चारै जना सोमबार उपचार पछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology