Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रेस संगठन गोरखाद्धारा गोरखाका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान


2.4K
Shares

प्रेस संगठन गोरखाद्धारा गोरखाका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

बिमल श्रेष्ठ

गोरखा २६, साउन । प्रेस संगठन गोरखाले कोरोना भाइरस (कोभिड १९) को संक्रमणको रोकथाम नियन्त्रण र न्युनिकरणका लागि अग्रमेर्चामा रहेर काम गरिरहेका पत्रकारको सुरक्षाका लागि गोरखाका पत्रकारहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । महासंघका उपाध्यक्ष समेत रहनु भएका प्रेस संगठन गोरखाका संयोजक दिपक श्रेष्ठले पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष किशोरजंग थापालाई स्वास्थ्य सामग्री उपलब्ध गराउनु भएको हो ।

प्रेस संगठनका केन्द्रिय सदस्य राजेन्द्र न्यौपाने मार्फत व्यवस्थापन गरिएका सर्जिकल मास्क, सेनिटाइजर, N-95 मास्क, गोल्ब्स लगायतका स्वास्थ्य महासंघलाई प्रदान गरिएको संगठनका संयोजक श्रेष्ठले जानकारी दिनुभयो । संगठनले महासंघलाई एकथान थर्मल गन समेत उपलब्ध गराएको उहाँले बताउनुभयो ।

कोरोना भाइरसको उच्च जोखिमका बिच समाचार संकलन र सम्प्रेषणमा क्रियाशिल जिल्लाका पत्रकारहरुको स्वास्थ्य सुरक्षाका लागि संगठनले महासंघ मार्फत पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान गरेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।संगठनबाट प्राप्त स्वास्थ्य सामग्री महासंघले सोमबार नै पत्रकारहरुलाई बितरण गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology