गोरखा, २५ साउन । गोरखाको शहिदलखन गाउँपालिका– ४ ठेवाटार स्थित त्रिशुली नदिमा बेबारिसे शव फेला परेको छ।
अन्दाजी ७०–७५ वर्षको पुरुषको दुवै खुट्टा डोरिले बाँधिएको अवस्थामा आज शव फेला परेको प्रहरी चौकी राइनासका प्रहरी हवल्दार बिरेन्द्रराज खनालले जानकारी दिनुभयो।
शव नदिले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको छ। घटनाको अनुसन्धानको जिल्ला प्रहरी कार्यलय गोरखाबाट प्रहरी टोलि आउदै गरेको जनाइएको छ।
घटनाको थप विवरण आउन बाँकी छ।