गोरखा २५, साउन । अनाधिकृत रुपमा अरुको घरमा प्रवेश गरि गाली गलौच गर्ने एक पुरुषलाई पनि प्रहरीले आज प्रक्राउ गरेको छ । गोरखाको शहिद लखन गाउँपालिका–२ का २७ बर्षका आसिङ थापालाई प्रहरीले पक्रउा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पक्राउ परेका गुरुङले सोही ठाउँका रामबहादुर रानाको घरमा अनाधिकृत रुपमा पसी उहाँकी बुहारी मुना थापामगरलाई जथाभावी गाली गलौच र अभ्रद व्यवहार गरेको प्रहरीले जनाएको छ ।
थापा माथि सार्वजनिक हित विरुद्धको कसूर शिर्षकमा मुद्दा दर्ता गरि जिल्ला अदालत गोरखाबाट म्यादथप गरि अनुसन्धान बढाइएको छ ।