गोरखा २५ ,साउन । सवारी ज्यानमुद्धामा अदालतबाट सजाय फैसला भई फरार भएका एक प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादीहरु पक्राउ गरी फैसला कार्यन्वयनलाई तीब्रता दिने अभियानमा जुटेको गोरखा प्रहरीले अदालतले फैसला सुनाएका जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–५ का २८ बर्षका रन्जित गुरुङलाई पक्राउ गरेको हो ।
पक्राउ परेका गुरुङलाई कैद सजाय भुक्तानीका लागि जिल्ला अदालत गोरखामा बुझाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनलाई अदालतले १ महिना ८ दिन कैद सजाय र २ हजार रुपैया जरिवाना तोकेको थियो ।