काठमाडौं । पिएसओलाई कोरोना संक्रमणको पुष्टी भएपछिनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल आइतबारदेखि आइसोलेसनमा बस्नु भएको छ । शुक्रबार दिइएको स्वाबको रिपोर्टमा पौडेलका पीएसओमा संक्रमण पुष्टि भएको थियो ।
सोही दिन गरिएको परीक्षणको शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएको स्रोतले जनाएको छ । पीएसओलाई संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइतबारदेखिनै आफ्नै निवासमा आइसोलेसनमा बस्नु भएको हो ।
कोरोना संक्रमणको पुष्टी भएपछि महासचिव पौडेलका पिएसओलाई भने अस्पतालमा भर्ना गरिएको छ । उहाँले यस अघि हिजो मात्रै पार्टी अध्यक्ष प्रचण्डसंग पनि भेट गर्नुभएको थियो ।