Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

‘कोरोना भगाउछु भन्ने क्रिस्चियन धर्म गुरुको कोरोनाकै कारण ज्यान गयो’


1.3K
Shares

‘कोरोना भगाउछु भन्ने क्रिस्चियन धर्म गुरुको कोरोनाकै कारण ज्यान गयो’

कास्की २५, साउन ।  पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठन पोखरखाको आइसियुमा उपचारका क्रममा शनिबार ज्यान गुमाएका ६२ बर्षिय पुरु धर्म प्रवर्तक भएको पाइएको छ । रुघाखोकी लागेर साउन १६ गते पोखराको ओम अस्पताल र पश्चिमाञ्चल क्षेत्त्रीय अस्पताल उपचारका लागि पुगेका उनको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

यहीं साउन १७ गते उनीमा कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि हुनुभन्दा केही दिनअघि मात्र उनले घरमै ‘सच्चाई कार्यक्रम’ गर्दै आएको पाइएको छ । पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष शोभामोहन पौडेलका अनुसार उनी लामाचौरको एक सच्चाईको प्रमुख भएको खुलेको छ । उनको घरमा सच्चाईमा सहभागी हुन जाने अन्य ६ जनालाई कोरोना कोरोना संक्रमण पुष्टि भएो छ । उनको सम्पर्कमा आएका ६७ जनाको स्वाब परीक्षण गरिएको थियो

‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’ नामक धार्मिक अभियानको लामाचौर शाखाका प्रमुख रहेको र उनले आफूसँग कोरोना भगाउने तागत भएको बताउने गरेको स्थानीयहरुबासीहरुको भनाई छ । उनको परिवारका सदस्यहरु हङकङमा छन् । तर उनी सच्चाई प्रवर्तक भएकै कारण पोखरामा बस्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology