काठमाडौं, २५ साउन । काठमाडौँको गोंगबुमा एक पुरुषको शव टुक्रा टुक्रा पारेर फालिएको अबस्थामा फेला परेको छ । गोंगवु गणेशस्थान स्थित सडकमा शव टुक्राटुक्रा बनाएर सुटकेशमा राखेर फलिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । अहिले घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
सुटकेशमा शव फेला परेको छ, रगत बगेको छ, गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र, पानीले भिजेपछि ब्लड बगेको देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार शव कालो कपडाको सुट्केसमा छ र विभत्स अवस्थामा छ ।
अन्दाजी ४५ बर्षका जस्ता देखिने पुरुषको हत्याको प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।