Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द


1.9K
Shares

काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाण्डौ २५, साउन ।  नोबेल कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकामा आइतबारदेखि १६ दिनसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले १६ दिनसम्मका लागि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्ने निर्णय शुक्रबार गरेका थिए ।

काठमाडौँ, ललितपुर र भक्तपुरका कोरोना सङ्कट व्यवस्थापन जिल्ला समितिको संयुक्त बैठकले गरेको निर्णयअनुसार आजदेखि आगामी भदौ ८ गते सम्मका लागि नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता नवीरकण, संस्थारपत्रपत्रिका दर्ता तथा नवीरकण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण लगायतका सबै सेवा बन्द हुनेछन् ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोरोनाको सङ्क्रमण बढी देखिएको स्थानलाई पूर्ण रूपमा बन्द गर्ने रणनीति अपनाइएको बताउनुभयो । सपिङ मल, व्यापारिक प्रतिष्ठानमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए वा नभएको जाँच गरिने छ भने पालना नगरेको पाइएमा बन्द गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology