Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रधानमन्त्री ओलीको कोरोना रिर्पोट नेगेटिभ


2.2K
Shares

प्रधानमन्त्री ओलीको कोरोना रिर्पोट नेगेटिभ

काठमाण्डौं २३, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परिक्षण रिपोर्ट निगेटिभ आएको छ । प्रधानमन्त्री ओलीको शुक्रबार गरिएको कोरोना परिक्षणको नतिजा निगेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।

त्यस्तै प्रधानमन्त्री ओलीसहित संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फे, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र इन्द्र भण्डारी गरी ७ जनाको स्वाब लिइएको र सबैको रिपोर्ट निगेटिभ आएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology