Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

चाडपर्व, जात्रा र उत्सव मनाउँदा विशेष ख्याल राख्न अनुरोध


1.2K
Shares

चाडपर्व, जात्रा र उत्सव मनाउँदा विशेष ख्याल राख्न अनुरोध

गोरखा २३, साउन ।  देशभर कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण बढेपछि सरकारले चाडपर्व, जात्रा र उत्सव मनाउँदा विशेष ख्याल राख्न अनुरोध गरेको छ । सरकारले यसलाई थप व्यवस्थित गर्नका लागि मापदण्ड नै सार्वजनिक गरेको हो ।

सरकारले जात्रा तथा धार्मिक सभासमारोह गर्न रोक लगाए पनि जनस्तरबाट अवज्ञा भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मापदण्ड ल्याएको छ । चाडपर्व, जात्रा र उसत्व मनाउँदा एउटै घरमा बसोबास गर्नेबाहेक अन्यसँग भेटघाट कम गर्ने र गर्नैपर्ने भएमा दुई मिटरको दुरी कायम गर्नुपर्ने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

सरकारी, सामुदायिक तथा निजी कार्यालयहरूमा बैठक नगर्न मन्त्रालयले अपिल गरेको छ । बैठक बन्द गर्न नमिल्ने भए भर्चुअल अर्थात् भिडियोको माध्यमबाट गर्न सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology