Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

प्रचण्ड निवासमा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण


1.3K
Shares

प्रचण्ड निवासमा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौं, २२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डको निवासमा कार्यरत ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

परिवार निकट श्रोतले दिएको जानकारी अनुसार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष परिवारका सबै सदस्यको कोरोना परीक्षण गरिएको थियो । कोरोना परीक्षणको परिणाम आएपछि ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको हो ।

सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिए पनि प्रचण्ड परिवारका सदस्यहरमा भने संक्रमण भेटिएको छैन ।निवासमा कार्यरत कुन दर्जाका सुरक्षाकर्मीमा संक्रमण देखिएको भने खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology