Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

पालुङटारमा थप २ जनामा कोरोना संक्रमण पुष्टी


1.4K
Shares

पालुङटारमा थप २ जनामा कोरोना संक्रमण पुष्टी

गोरखा २३, साउन । गोरखामा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर ६ र ९ मा एक–एक जनामा बिहिबार कोरोना संक्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिज्ञप्ती मार्फत जनाएको छ ।

वडा नंम्बर ६ मा संक्रमण पुष्टी भएका ३५ बर्षिय पुरुष भारतीय सेनामा कार्यरत हुन । उनी रजगरे माविको क्वारेण्टाइनमा बस्दै आएका थिए । त्यस्तै डा नम्बर ९ का अर्का २४ बर्षिय संक्रमित पुरुष साउदीबाट फकिएर क्वारेन्टिनमा बस्दै आएका थिए ।

उनिहरु दुवैलाई गोरखा अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भईरहेको छ। यो संगै गोरखा जिल्लामा कुल संक्रमितको सख्या ११२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology