Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

गोरखामा कोरोना जित्नेको सख्या १०५ पुग्यो


1.5K
Shares

गोरखामा कोरोना जित्नेको सख्या १०५ पुग्यो

गोरखा २१, साउन ।  गोरखामा कोरोना संक्रमित मध्ये उपचार पछि घर फर्कनेको संख्या १०५ जना पुगेको छ । नोवल कोरोना भाइरस (काभिड–१९)बाट संक्रमित १०७ जना मध्ये अहिले सम्म १०५ जनाले सफल उपचार पछि घर फर्किएका हो । गोरखा अस्पतालको आइसोलेसन कक्षमा उपचाररत २ जना पुरुषलाई मंगलबार सँझ डिस्चार्ज गरे संगै गोरखामा कोरोना जितेर घर फर्किनेको संख्या १०५ पुगेको हो ।

‘अब जिल्लाभर यस अघि संक्रमण भएर आइसोलेसनमा भर्ना भएका मध्ये एना मात्र कोरोना संक्रमित बाँकी आइसोलेसनमा रहनु भएको छ, गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भन्नुभयो, उहाँ हिजो मात्र संक्रमण पुष्टी भएर आइसोलेसनमा भर्ना हुनु भएको हो ।’ उपचार पछि निको भएर घर फर्कनेमा जिल्लाको भीमसेन थापा गाउँपालिका र पालुङटार नगरपालिकाका १÷१ जना पुरुष रहेका छन् ।

उनीहरुको पिसिआर रिर्पोट नेगेटिभ आएका कारण हिजै घर पठाईएको हो । डिस्चार्ज भएर जानेमा भीमसेन थापागाउँपालिका १ का २७ बर्षिय पुरुष र पालुङटार नगरपालिका २ का २६ बर्षिय पुरुष रहेको गोरखा अस्पतालले जनाएको छ ।

उनीहरुलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल एण्ड इन्फेक्सियस डिजिज हस्पिटल काठमाण्डौं र प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको पिसिआर परिक्षण नेगेटिभ आएको र १४ दिन आइसोलेसनमा बसेर उपचार गरेर घर फर्काएको गोरखा अस्पतालले विज्ञप्ती जारी गरि जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology