गोरखा २०, साउन । पत्रकार आत्माराम श्रेष्ठले आफ्नो जन्मतिथिको अवसर पारेर आज मानव सेवा आश्रम गोरखालाई क्यामेरा सहयोग गर्नुभएको छ ।
साहरा बिहिन बालवालिकाको संरक्षण गर्दै आएको मानव सेवा आश्रमलाई आफ्नो जन्मदिनको अबसर पारेर एक लाख २५ हजार रुपैया मूल्य बरावरको डि एस एलआर क्यामेरा उपलब्ध गराउनु भएको हो ।
आश्रममा रहेका बालवालिकाले फोटो खिच्ने र क्यामेरा चलाउने चाहना गरेकाले आफुले आश्रमलाई क्यामेरा दिएको पत्रकार श्रेष्ठले बताउनुभयो । श्रेष्ठ नेपाल टेलिभिजनको गोरखा संवाददाताको रुपमा लामो समयदेखि काम गर्दै आउनु भएको छ ।