गोरखा १९, साउन । गोरखामा जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार (आज) साँझ जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आफ्नै वडाकी एक नावालिकालाई करणी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । वडाध्यक्ष रानाभाटले १४ बर्षिया बालिकालाई यस अघि पनि पटक पटक प्रलोभनमा पारी बलात्कार गर्दै आएको पिडित पक्षले आरोप लगाएको छ ।
पक्राउ परेका रानभाट बिरुद्ध जबरजस्ती करणी आरोपमा मुद्वा दर्ता भएको एसपी गुरुङले जानकारी दिनुभयो ।वडाध्यक्ष रानाभाटलाई नियन्त्रणमा लिन ठुलो संख्या प्रहरी परिचालन गरिएको थियो । रानाभाट तात्कालिन अवस्थामा नयाँशक्ति नेपालबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो