गोरखा १८, साउन । गोरखामा थप २ जनामा कोरोना संक्रमण भेटिएको छ । गण्डकी प्रदेश स्वास्थ निर्देशनालयले आइतबार साँझ सार्वजनिक बिज्ञप्ती जारी गर्दै गोरखा जिल्लाका थप २ जनामा कोरोना संक्रमणको पुष्टी गरेको हो । काठमाण्डौ बस्दै आएका जिल्लाका सिरानचोक गाउँपालिका स्थायी घर भएका एक महिला र एक बालिकामा कोरोना संक्रमण पुष्टी भएको हो ।
यस्तै नवलपुर र लम्जुङका ३÷३ जना, सर्लाही, रौतहट र तनहुँका २/२ जना तथा भक्तपुर, चितवन, सिन्धुली, बाग्लुङ, डोटी र दार्चुलाका १÷१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालय पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार सबैभन्दा धेरै पर्सामा ८१ जनामा संक्रमण पुष्टि भएको छ ।
धनुषामा ३५ जना, काठमाडौंमा २२ जना, मोरङमा १६ जना, सुनसरीमा १२जना, डोटीमा ११ जना र कैलाली र बर्दियामा १०/१० संक्रमित भएका छन् । त्यस्तै गरी ललितपुर र स्याङ्जामा ८/८ जना, महोत्तरी र कास्कीका ५/५ जनामा कोरोना संक्रमण पुष्टि भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार देश भरका ८ हजार ८३१ स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका हुन् ।