राजेन्द्र न्यौपाने
गोरखा, १७ साउन । जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ५ ताक्लुङ ढाडेगाउँ र तेर्से गाउँका चेपाङ समुदायका नागरिकहरु विगत डेढ महिनादेखि अध्यारोमा बस्दै आएका छन् ।
विद्युत प्राधिकरण मझुवामा पटक पटक लिखित जानकारी दिँदा समेत भीर पाखोमा बस्ने चेपाङलाई किन चाहियो उज्यालो भन्दै उल्टै हप्की खानुपरेको स्थानीयहरुले गुनासो गरेका छन् ।
बिद्युत प्राधिकरणका कर्मचारीलाई पटक पटक जानकारी गराइएको भएपनि वास्ता नगरेपछि जोखिम मोलेर स्थानीय गाउँलेहरु आँफैले विद्युतको पोल गाड्ने तार टाङ्ने काम गरिरहेका र एक दुई दिनमा बत्ती बल्ने वडा नं.५ अध्यक्ष कृष्ण चेपाङले बताउनुभयो ।
विद्युत प्राधिकरण गोरखाले धेरै ठाउँमा विद्युत अवरोध भएका कारण सबैतिर समयमै मर्मत गर्न नसकिएको जनाएको छ ।