Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कार्यकक्षमै कुटिए भ्रष्टाचार विरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेल


2.4K
Shares

कार्यकक्षमै कुटिए भ्रष्टाचार विरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेल

गोरखा १७, साउन । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव प्रेमप्रसाद सञ्जेल माथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुखको रुपमा कार्यरत प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको हो ।

कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो । उहाँ माथि किन कुटपिट भयो भन्ने बारेमा अनुसन्धान भइरहेको उहाँको भनाई छ ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको हो । उनीहरु दुबै करारका कर्मचारी हुन् ।

सञ्जेलमाथि पेपर वेटको डल्लो, चप्पल, पञ्चिङ मेसिन लगायत प्रहार भएको प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार सञ्जेलसँग छलफल गर्नुछ भन्दै कार्यकक्षमा प्रवेश गरेका दुई जना कर्मचारीले काममा पेलेको र गालीगलौज गरेको भन्दै कुटपिट गरेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology