Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु


2.1K
Shares

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु

अस्पतालमा उपचाररत कोरोना एक महिलाको आज मृत्यु भएको छ । केही समय अघि बिरगन्जबाट फर्किनु भएकी  ६५ वर्षीया कोरोना संक्रमित महिलाको आइसियूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जानकारी दिनुभयो।

उहाको आज बिहान ९ बजे मृत्यु भएको उहाले बताउनु भयो । मृतक कोरोना संक्रमित महिलालाई  गत साउन ६ गते अस्पताल भर्ना गरिएको थियो। मृतक महिला ललितपुर थसिखेलका बासिन्दा रहेको अस्पतालले जनाएको छ ।

थसिखेल घर भएपनी उहाँ बिरगंन्जबाट फर्किए पछि उपचारका लागि स्टार अस्पतालमा भर्ना गरिएकोमा कोरोना संक्रमण पुष्टि भएपछि उहालाई पाटन अस्पताल भर्ना गरिएको थियो। मृतक कोरोना संक्रमित महिलामा निमोनियाको समस्या रहेको डा. शर्माले बताउनु भयो।

अहिले मृतकको शव अस्पतालमै रहेको र आजै सेनाले व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology