गोरखा १५, साउन । पहिरोले घर बगाएपछि बिचल्लीमा परेका गोरखा नगरपालिका वडा नम्बर ११ स्थित तेह्र किलोका एक बिपन्न परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
वडाध्यक्ष रामबहादुर खड्काको पहलमा पहिरोले घर पूर्ण रुपमा क्षति पुरयाई बिस्थापित भएका स्थानीय हरी रानाको परिवारलाई २० हजार रुपैया सहयोग उपलब्ध गराइएको हो ।
वडाध्यक्ष, वडा सदस्यहरुबाट संकलित रकम र हाल अमेरिकामा बस्दै आएका एक व्यक्तिको सहयोगमा राहात रकम उपलब्ध गराइएको वडासदस्य कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
पहिरोले घर बगाएपछि रानाको परिवार अहिले तेह्रकिलो स्थित छिमेकी खेमकुमारी मुडबरीको घरमा आश्रय लिएर बस्दै आउनु भएको छ ।