गोरखा १५, साउन । गोरखा नगरपालिका ६ निवासी जोगन श्रेष्ठले मानब सेवा आश्रम गोरखालाई १ महिनाको घरभाडा छुट दिनुभएको छ । । नोबल कोरोना भाइरस (कोभिड–१९) का कारण १ महिनाको घरभाडा छुट दिनुभएकाो हो ।
आफ्नै आम्दानी पनि नभएको र कोरोनाका कारण आश्रमलाई झनै आर्थिक भार थपिएको भन्दै घर बेटी श्रेष्ठले १ महिनाको घरभाडा मिनाह गरेको बताउनुभयो । ‘सबैलाई अप्ठयारो परेको छ । मानब भएर असहज परिस्थितीमा मानबता प्रर्दशन गर्नगरेको’ भन्दै घरबेठी जोगनले ‘आफुले प्रति महिना पाउदै आएको ६० हजार ५०० मिनाह गरेको हो ।’ उहाँले भन्नुभयो।
आश्रमको नियमित आयश्रोत भने छैन । आश्रमलाई दाताहरुले दिने रकम नै उसको मुख्य आयश्रोत हो । गोरखा आश्रममा मासिक ६० हजार ५०० का दरले घरभाडा बुझाउदै आएको आश्रमकी मुनाले बताउनुभयो ।