Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पालुङटारमा बिधार्थीहरुलाई टोलटोलमै शिक्षण सिकाई


3.2K
Shares

पालुङटारमा बिधार्थीहरुलाई टोलटोलमै शिक्षण सिकाई

गोरखा १५, साउन- कोरोना भाइरस (कोभिड १९) का कारण बिधालयहरु सञ्चालनमा नआएकाले गोरखाको पालुङटार नगरपालिकाका केही बिधालयहरुले टोलटोलमा समुह बनाएर शिक्षण सिकाई सुरु गरेका छन् । सामाजिक दुरी कायम गरि बिधार्थीहरुलाई पायक पर्ने टोलमा जम्मा गरेर तालिका तयार सिकाई सुरु गरिएको अन्नपूर्ण माध्यामिक बिधालयका साहायक प्रधानध्यापक कमानसिं तामाङले जानकारी दिनभुयो ।

लामो समयदेखिको बन्दाबन्दी त्यसपछि पनि बिधालय सञ्चालनमा अन्यौल भइरहेका बेला बिधार्थीहरुलाई पायक पर्ने गरि टोलटोलमै सामाजिक दुरी कायम गरि सिकाई सुरु गरिएको उहाँको भनाई छ । ‘कोरोना भाइरसका कारण बिधार्थीहरु लामो समयदेखि घरमै बस्नुपर्दा उनिहरु शिक्षादेखि टाढा रहे भन्ने हिसावले बिधार्थीहरुको सिकाइमा निरन्तरता दिन र शिक्षण सिकाईमा जोड्न कार्यक्रम सञ्चालन गरिएको हो ।’ तामाङले भन्नुभयो ।

सिकाईका लागि शिक्षकहरु नै बिधाथीहरुको घर टोल छिमेकसम्म पुगेर सहजीकरण गर्न थालिएको उहाँले बताउनुभयो । ‘बिधार्थीहरु रहेको टोलको बिभाजन गरि आबश्यकता अनुसार केन्द्र बनाएर शिक्षकहरु परिचालन गर्दैै आएका छौ, उहाँले भन्नभयो, हाम्रो बिधालयले ७ वटा टोलमा केन्द्र बनाएर सिकाई आजदेखि सुरु गरेको छ ।’

सिकाईका लागि टोलमा रहेका सामुदायिक भवन, बनको भवन महिला समुहको भवन तथा पायक पर्ने बिधालयको भवन समेत प्रयोग गरिएको साहायक प्रधानध्यापक तमाङले जानकारी दिनुभयो । ‘रेडियो, टेलिभिजन तथा सञ्चारमाध्यमहरुबाट सिकाइएको शिक्षामा सहभागिता र प्रभावकारिताका बिषयमा बिधार्थीहरु संग जानकारी लिने र सामान्य खालका गृहकार्य समेत दिने काम अहिलेको सिकाईमा भएको छ ।’ उहाँले भन्नुभयो ।

पाठ्यक्रम नै सुरु नहुदा पाठ्यक्रम भित्रबाट गृहकार्य दिन अफ्टया्रो भएकाले पनि अन्य बिषयबस्तुलाई आधार मानेर सिकाइएको काम सुरु गरिएको तामाङले जानकारी दिनुभयो । सिकाई सुरु गर्नुअघि शिक्षकहरु घरघरमै पुगेर बिधार्थीहरु कुन दिन कुन बिषयमा सिकाई हुने र कहिले कहिले सिकाई कक्षा सञ्चालन हुने भन्ने बारेमा समेत जानकारी गराइसकेको उहाँले जानकारी दिनुभयो ।

लामो समयदेखि बिधार्थीहरु सिकाईबाट टाढिएर बस्नु परेकाले सिकाईबाट उत्साहित भएको तामाङले बताउनुभयो । ‘हामीले रुटिङ नै निकालेर हप्तामा दुईदिन हुन्छ भनेर भनेका छौ, उहाँले भन्नुभयो, ‘बिधार्थी चाही दिनदिनै भइदिए हुन्थ्यो जस्तो गरेर र अभिभावकहरुले पनि सक्दासम्म पढाइमा जोड्न हुन्थ्यो भन्ने चाहान छ ।’शिक्षण सिकाईका लागि बिधालय व्यवस्थापन समिति, शिक्षक अभिभावक समिति लगायतलार्ई परिचालन गरिएको वडा नम्बर १ का वडा सदस्य सन्तोष पोखरेलले जानकारी दिनुभयो ।   तस्विर सौजन्य : सन्तोष पोखरेल

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology