Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

नेत्रहिन संघ गोरखाले ८ स्थानीय तहमा क्षमता अभिबृद्धि कार्यक्रम गर्ने


7.8K
Shares

नेत्रहिन संघ गोरखाले ८ स्थानीय तहमा क्षमता अभिबृद्धि कार्यक्रम गर्ने

तस्विर : सौजन्य केशव गुरुङ

बिमल श्रेष्ठ
गोरखा १२ साउन ।  नेत्रहिन संघ गोरखाले जिल्लाका ८ वटा स्थानीय तहहरुमा अपांगता भएका व्यक्तिहरुको क्षमता अभिवृद्धिका लागी पालिका स्तरीय कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपाल नेत्रहिन संघको आर्थिक सहयोगमा सञ्चालन हुने सो कार्यक्रमको बिषयमा सोमबार (आज) गोरखा सदरमुकाममा एक कार्यक्रमका बिच सहजीकरण गरिएको नेत्रहिन संघ गोरखाका अध्यक्ष पवन कुमार बस्नेतले जानकारी दिनुभयो ।

जिल्लाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, शहिद लखन गाउँपालिका, भिमसने थापा गाउँपालिकामा कार्यक्रम सञ्चालन हुनेछ । त्यस्तै गण्डकी गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, आरुघाट गाउँपालिका र सिरानचोक गाउँपालिकामा कार्यक्रम लागु हुने उहाले बताउनुभयो । “यी गाउँपालीकाहरुलाई आधार बनाएर अपांगता भएका व्यक्तिहरुका लागी ५ बर्षिय परियोजना अन्तरगत के कस्ता कार्यक्रम कसरी अगाडी बढाउने भनेर आज अभिमुखिकरण गरिएको हो” अध्यक्ष बस्नेतले भन्नुभयो ।

पहिलो चरणमा अपांगता भएका व्यक्तिहरुको घर घरमा पुगेर तथ्यांक संकलन गरिने उहाँले बताउनुभयो । “गाउँपालीका स्तरमा कर्मचारी परिचालन गरेर भदौको पहिलो हप्ताबाट कार्यक्रम शुरु गर्छौ” उहाँले भन्नुभयो । न्युनदुष्टि बिहिन र पुर्ण दृष्टि बिहिनको पहिचान गरि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने र आखाँ उपचारका लागी समेत पहल गरिने उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङले यस्ता खालका कार्यक्रमलाई सहयोग गर्ने र स्थानिय तहलाई समन्वय गर्नका लागी पहल गरिदिने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै गोरखा नगरपालीकाका उपमेयर विना श्रेष्ठले अपांगता भएका व्यक्तिहरुको क्षमता अभिवृद्धिका लागी सञ्चालन हुने यो कार्यक्रम स्वागत योग्य भएको बताउनु हुदै सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रम नेत्रहिन संघ गोरखाका अध्यक्ष पवन कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology