Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा रुखबाट लडेर एक महिला गम्भीर घाइते, हेलिकप्टर मार्फत उद्धार


4.6K
Shares

गोरखामा रुखबाट लडेर एक महिला गम्भीर घाइते, हेलिकप्टर मार्फत उद्धार

फोटो वडाध्यक्ष तुलबहादुर गुरुङ

गोरखा १२, साउन – गोरखाको धार्चे गाउँपालिका–५ गुम्दामा रुखबाट लडेर गम्भीर घाइते भएकी एक महिलाको हेलिकप्टर मार्फत उद्धार गरि आज उपचारका लागि काठमाण्डौ पठाइएको छ । आइतबार जंगलमा घाँस काट्न गएकी स्थानीयबासी अन्दाजी २३ बर्षकी कान्छी गुरुङ रुखबाट लडेर गम्भीर घाइते हुनुपछि उहाँलाई उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गरि पठाइएको वडाध्यक्ष तुलबहादुर गुरुङले जानकारी दिनुभयो ।

‘घर नजिकै रहेको फुक्लो भन्ने जंगलमा बाख्राका लागि घाँस काट्न रुखमा चढ्नु भएको बेला एक्कासी लड्नु भएछ, वडाध्यक्ष गुरुङले भन्नुभयो, ‘संगै गएका साथीहरुले खबर गरेपछि तत्काल उद्धार गरि घरमा ल्याएर प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाण्डौ पठाइएको हो ।’ घाइते गुरुङको उपचारका लागि एयर डाइनेस्टिक कम्पनीको हेलिकप्टर र्चाटर गरि गरिएको उहाँले बताउनुभयो ।

घाइतेको छाती, टाउको बढी असरको परेको हुनसक्ने भएकाले तत्काल सडक मार्गबाट उपचारका लागि पठाउन सम्भव नभएपछि हेलिकप्टर नै चार्टर गर्नुपरेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । आइतबार नै रुखबाट लडेको भएपनि सडक मार्गबाट लैजान सम्भव नभएपछि हेलिकप्टरको व्यवस्था गर्दा उपचारका लागि पठाउन ढिलाई भएको उहाँको भनाई छ । ‘लगातारको बर्षाले सडक मार्ग पुरै अबरुद्ध छ, वडाध्यक्ष गुरुङले भन्नुभयो, काठमाण्डौमा रहनु भएका आफ्न्तहरुको सहयोगमा हेलिकप्टर व्यवस्था गरि उपचारका लागि पठाइएको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology