गोरखा ११, साउन । गोरखा र तनहुँको सिमानामा पर्ने मस्याङ्दी नदीमा हाम फालेर आज एक युवक बेपत्ता भएका छन् । पालुङटार नगरपालिका–७ च्याङली स्थित नयाँपुलबाट मस्याङदी नदीमा हाम फालेर डुम्रे बजारमा इलोक्ट्रनिक पसल सञ्चालन गर्दै आएका ३२ बर्षका कृष्ण भट्ट बेपत्ता भएका हुन् ।
पालुङटार नगरपालिका–७ धुवाकोट घर भएका भट्टको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । नदीमा पानीको बहाव बढी भएकाले खोजी गर्न समस्या भइरहेको बताइएको छ ।