Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

बहराइन र भारतबाट फर्किएका गोरखाका थप दुई जनामा कोरोना संक्रमण


1.3K
Shares

बहराइन र भारतबाट फर्किएका गोरखाका थप दुई जनामा कोरोना संक्रमण

गोरखा १०, साउन ।  गोरखामा २ स्थानीयतहमा आज थप २ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार (आज) दिउँसो ४ बजे विज्ञप्ती प्रकाशित गर्दै गोरखाको पालुङटार नगरपालिका र भीमसेन थापा गाउँपालिकामा थप १\१ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको हो ।

पालुंटार नगरपालिकाका संक्रमित २६ पुरुष रहेका हुने भने भिमसेन थापा गाउँपालिकाका वडा नम्बर १ का संक्रमित २७ बर्षिय पुरुष रहेको निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

भारतबाट भीमसेन थापा गाउँपालिकाका संक्रमित व्यक्ति कनकामना आधारभूत बिधालयको क्वारेन्टिनमा बस्दै आएका थिए भने बहराइनबाट फर्किएका पालुङटारका संक्रमित पुरुष युवा जनता माध्यामिक बिधालयको क्वारेन्टिनमा बस्दै आएका थिए ।

उनि दुवै जनालाई आइसोलेसनमा ल्याउने तयारी भईरहेको छ । यो संगै गोरखा जिल्लामा संक्रमितको संख्या १०७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology